Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली चलचित्रहरु अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने एक युवा लमजुङबाट पक्राउ

नेपाली चलचित्रहरु अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने एक युवा लमजुङबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • २०:५९:०३ बजे
  • 2.1K
    SHARES
  • नेपाली चलचित्रहरु अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने एक युवा लमजुङबाट पक्राउ

    आश तमु, मयुरपाटी न्युज पोखरा - अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने एक युवालाई लमजुङबाट पक्राउ गरेको छ ।

    images

    अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नगरपालिका २ बस्ने २५ वर्षीय सुजन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल यूट्युव टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सुजनलाई पक्राउ गरेको हो ।

    सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology