Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एक युवकलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती माग्ने ३ जना पक्राउ

एक युवकलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती माग्ने ३ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • २१:१६:२५ बजे
  • 1.3K
    SHARES
  • एक युवकलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती माग्ने ३ जना पक्राउ

    आश तमु, मयुरपाटी न्युज पोखरा - विराटनगर महानगरपालिका १८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र सोही महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।

    बन्धक बनाएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-६ रामपुरबाट पीडितलाई २ घण्टाभित्रै सकुशल उद्दार गरेको थियो । साथै प्रहरीले रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान सोही महानगरपालिका-१२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान सोही महानगरपालिका-१ पोखरियाबाट फेला पारी पक्राउ गरेको हो ।

    उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको र उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बन्धक
  • # फिरौती
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology