Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कास्की मादीबाट बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा थापा पक्राउ

कास्की मादीबाट बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा थापा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १७, २०७७ सोमवार • १२:१९:४९ बजे
  • 1.9K
    SHARES
  • कास्की मादीबाट बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा थापा पक्राउ

    मयुरपाटी न्युज पोखरा -  बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका-६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई नि:शुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    ईन्द्र उपर बालबालिका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology