Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको ज्यान गयो

स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १७, २०७७ सोमवार • १८:३६:२० बजे
  • 1.3K
    SHARES
  • स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको ज्यान गयो

    मयुरपाटी न्युज विराटनगर - किटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको ज्यान गएको छ ।

    images

    मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका १७ रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका ४ का ६० वर्षीय दिनेश मण्डल छन् । किटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर सेवन गर्दा सिकिस्त भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

    गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर सेवन गरेको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा लठ्ठ भएकै बेला गिरीले शनिबार राति ११ बजे आधा लिटर स्यानिटाइजर पिएकी थिइन् ।

    मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको कोसी अस्पताल उपचारका क्रममा मृत्यु भएको बताइएको छ । स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोसी अस्पतालका मेसु चुमनलाल दासले बताए ।

  • सम्बन्धित विषय:

  • # स्यानिटाइजर
  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology