मयुरपाटी न्युज, बर्दिया ।बर्दियामा गोठालो गएका एक युवक पाटेबाघको आक्रमण परी बेपत्ता भएका छन् ।
सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका १० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
गेरुवा ६ नौलोवास सामुदायिक नर्सरीमा गोठालो गएका थारुलाई बाघले आक्रमण गरेर बनभित्र लगेको असारे गौडी उपभोक्ता समितिका अध्यक्ष तारा जंग मल्लले बताउनुभयो ।
हात्तीको सहायता बाट अहिले बेपत्ता थारुको खोजी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज बञ्जरिया पोष्टले जनाएको छ ।