तनहुँ- तनहुँको एक होटलमा सोमबार राती बिधुत सर्ट भई आगलागी हुदाँ करीब ४० लाख बराबरको क्षति भएको छ ।
व्यास नगरपालिका १ स्थित स:स: इनमा होटलमा नजिकै रहेको विजुलीको ट्रान्समिटर पड्किएर आगलागी हुदाँ ठूलो धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
आगलागी भएपछि व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयबासी मिलेर आगो निभाइएको तिमिल्सिनाले बताए ।राति एकदेखि दुई बजे काे बीचमा आगलागी भएको हाेटल सञ्चालक जीवन शाहीले बताए । विद्धुत सर्ट भई आगलागी भएको र भुइँ तला पुर्णरूपमा क्षति भएको सञ्चालक राेजा शाहीले बताइन् ।
आगलागीबाट हाेटलकाे काउण्टर , साेफा , कुर्सी , टिभी लगायतका महत्त्वपूर्ण फर्निचर सहितका सामग्री जलेर नस्ट भएको छ । आगलागी पछि पाहुनालाई अन्य घरको छतबाट सुरक्षित तवरले निकालिएको हुँदा मानविय क्षति हुन पाएन ।