Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीपको ठक्करबाट सहपाठीको ज्यान गएपछि सडकमा उत्रिए विद्यार्थी

जीपको ठक्करबाट सहपाठीको ज्यान गएपछि सडकमा उत्रिए विद्यार्थी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १९, २०७७ बुधवार • १३:१८:२६ बजे
  • 1.1K
    SHARES
  • जीपको ठक्करबाट सहपाठीको ज्यान गएपछि सडकमा उत्रिए विद्यार्थी

    मयुरपाटी न्युज,ललितपुर- क्यापस जान हिडेकी कलेज विधार्थीको जीपको ठक्करबाट निधन भए पछी उनकै सहपाठीहरुले सडक अबरुद्द गरेको छ ।

    images

    सहपाठीको निधन भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधबार ललितपुरको जावलाखेलस्थित सडकमै बसेर प्रदर्शन गरेका हुन ।

    साथीलाई ठक्कर दिएपछि चालकले जीप ब्याक गरेर ज्यान लिएको भन्दै विद्यार्थीहरुले सडकमै बसेर प्रदर्शन गरेका हुन्।

    कोटेश्वर मल्टिपल क्याम्पस स्नातक पहिलो वर्षमा अध्ययनरत १९ वर्षीया अन्जु दाहाललाई आजै बिहान क्याम्पस जाँदै गर्दा नख्खु, बागडोलमा जीपले ठक्कर दिएको थियो। जीपको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको थियो ।

    सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरा बस्दै आएकी अन्जु कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन्। दाहाललाई बिहान ६ बजेतिर स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिएको थियो । जीप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताउ।

    ठक्कर दिएपछि जीपले उनलाई ब्याक गरेर अन्जुको ज्यान लिएको आरोप विद्यार्थीले लगाएका छन्। सडकमै बसेर विद्यार्थीहरुले प्रदर्शन गरेपछि ललितपुरको सवारी आवागमन प्रभावित भएको छ।

    ललितपुर प्रहरी बिहान १० बजेदेखि जावलाखेलमा सवारी आवागमन अवरुद्ध भएको जनाएको छ। सडक आवागमन खुलाउन विद्यार्थीहरूसँग कुरा भइरहेको प्रहरीले जनाएको छ।


    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology