मयुरपाटी न्युज, पोखरा - पूर्वमन्त्री एवं ताप्लेजुङका सांसद् योगश भट्टराई ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालीन पुनःस्थापनाको मागसहितको ज्ञापन पत्र लिएर गृह मन्त्रालय पुगेका छन ।
ताप्लेजुङको मिरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका छन । आगलागीबाट ७९ परिवार विस्थापित भएका थिए ।पूर्वमन्त्री भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नीपीडतको दिर्घकालीन पुनःस्थापनाको माग गरेर ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताउनुभयो । सोमबार नै टेन्ट, ब्याल्याङ्केट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने मन्त्री थापाको भनाइ छ ।
तत्कालीन राहतको कार्य सुरु भइसकेको भन्दै गृहमन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए ।