Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनी जोमसोम सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द

बेनी जोमसोम सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १९, २०७७ बुधवार • २२:५०:३५ बजे
  • 2.1K
    SHARES
  • बेनी जोमसोम सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द

    मयुरपाटी न्युज पोखरा - राष्ट्रिय गौरवको बेनी जोमसोम ७६ किमी निर्माणधिन सडकको बिभिन्न खण्डमा काम गर्न वरोध नपुगोस भन्दै मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ।

    images

    बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले म्याग्दीको रघुगंगा गाउँपालिका-१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका-४ को घाँसा देखि लेतेसम्मको निर्माणधिन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको बताए ।

    निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण -३ र मुस्ताङको थासाङ-४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गेभीरमा सडक चौडा गर्नका लागि रककटिङको काम गरिरहेको छ।

    यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए।

    राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकको काम २०७४ सालबाट सुरु भएको हो। बेनी-जोमसोम ४ खण्ड र जोमसोम-कोरला ७ खण्डमा काम सुरु गरिएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology