Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दिवा खाजाको समितिबाट श्रीमतीको नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

दिवा खाजाको समितिबाट श्रीमतीको नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७७ बिहिवार • १०:०४:१७ बजे
  • 2.3K
    SHARES
  • दिवा खाजाको समितिबाट श्रीमतीको नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    महोत्तरीको गौशाला नगरपालिका ६ मा रहेको श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमाथि स्थानीयले हातपात गरेका छन् । विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम हटाएको निहुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले प्रधानाध्यापक ठाकुरमाथि हातपात गरेका हुन् ।

    images

    मंगलबार कक्षा सकिएर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत मानेन् । गएको माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शान्तिदेवी यादवलाई एकाएक हटाएको भन्दै रामबाबुले आफूलाई हातपात गरेको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले बताए ।

    समिति गठन गर्ने क्रममा आफूले वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै सो समितिलाई पूर्णता दिएको प्रधानाध्यापक ठाकुरको भनाइ छ । विद्यालय परिवारले कुटपिटमा संलग्न रामबाबु र उनका छोरा मनोहरलाई कारबाहीको लागि सरोकारवाला निकायसमक्ष माग गरेका छन् । रामबाबु यादव वडा नं. ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान् हुन ।

  • सम्बन्धित विषय:

  • # दिवा खाजा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology