भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ ।
बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किरहेका छन् । भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा सुदीप घाइते भएका थिए। उनीसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाउन सफल भए तर मरणासन्न हुनेगरी पिटिए । सुदीपलाई प्रहरीले उद्धार गरी मिसन अस्पताल लगेको थियो ।
त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो । घाउ पूरा निको नभए पनि उनी त्रासकै कारण घर फर्किनुप¥यो । प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो ? कसरी घटना भयो ? सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उहाँलाई त्यही नवराज लगायतका साथीहरूले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।