Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको बन्दीपुर डुम्रे खोलामा माछामार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

तनहुँको बन्दीपुर डुम्रे खोलामा माछामार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • १०:५७:३१ बजे
  • 3.1K
    SHARES
  • तनहुँको बन्दीपुर डुम्रे खोलामा माछामार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

    तनहुँ - तनहुँको डुम्रे खोलामा माछामार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

    images

    बुधबार दिउँसो बन्दीपुर गाँउपालिका ४ डुम्रे खोलामा केन्द्रीय लाइनको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा बन्दीपुर ४ का १५ वर्षीय बालक स्वरुप तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

    गम्भीर घाइते तामाङलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिए ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology