Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कञ्चनपुर मा प्रहरी र तस्करबीच भिडन्त,प्रहरीको गोली लागेर एकको मृत्यु

कञ्चनपुर मा प्रहरी र तस्करबीच भिडन्त,प्रहरीको गोली लागेर एकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • २१:११:३१ बजे
  • 1.9K
    SHARES
  • कञ्चनपुर मा प्रहरी र तस्करबीच भिडन्त,प्रहरीको गोली लागेर एकको मृत्यु

    कञ्चनपुर - कञ्चनपुर बेलौरी नगरपालिका ७ मा प्रहरी र तस्करबीच भिडन्त हुदाँ प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    images

    प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताए ।

    मृत्यु हुने भारतीय नागरिक रहेको हुनसक्ने र अहिले पहिचान खुलिनसकेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। बिहीबार साँझ साढे ६ बजे दोहोरो मुठभेड हुँदा प्रहरीले गोली चलाएको उनले बताए।

    अन्य केही लागुऔषध कारोबारी भने भारततर्फ भागेको उनले बताए। प्रहरीले मुठभेडका क्रममा ठूलो मात्रामा ब्राउनसुगर बरामद गरेको चतुर्वेदीले बताए।

    ब्राउनसुगरका कारोबारी नेपालतर्फ आइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो। अहिले त्यहाँ प्रहरीले सर्च अपरेसन चलाइरहेको छ।

     

     

  • सम्बन्धित विषय:

  • # भिडन्त
  • # गोली प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology