Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शनिबार पोखरा लगाएत गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने

शनिबार पोखरा लगाएत गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २१, २०७७ शुक्रवार • ०८:५०:५९ बजे
  • 13.0K
    SHARES
  • शनिबार पोखरा लगाएत गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने

    पोखरा - फागुन २२ गते शनिबार गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने भएको छ।

    images

    बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

    प्राधिकरणको पोखरा ग्रिड शाखाअन्तर्गत लेखनाथ सबस्टेशनमा १३२ केभी बसबार एक्सटेन्सन कार्यका लागि फागुन २२ गते केही समय विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ।

    निर्धारित समयभन्दा अगावै काम सकिएमा सो समयभन्दा अगाडि नै विद्युत सेवा सुचारू हुने प्राधिकरणले आज गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # विद्युत सेवा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology