Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा लागुऔषध सहित पर्वत कुश्माका कुँवर पक्राउ

पोखरामा लागुऔषध सहित पर्वत कुश्माका कुँवर पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २२, २०७७ शनिवार • १४:२२:५६ बजे
  • 1.4K
    SHARES
  • पोखरामा लागुऔषध सहित पर्वत कुश्माका कुँवर पक्राउ

    पोखरा - शुक्रबार पोखरामा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

    images

    पोखरा-२७ डाँडाकोनाकमा चेकजाँच गर्ने क्रममा नारायणगढबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ७८८३ नं को बसबाट लागुऔषधसहित पर्वत कुश्मा नगरपालिका-३ बडडाँडा निवासी २२ वर्षीय मनोज कुँवर पक्राउ परेका हुन् ।

    उनले बोकेको झोलाभित्र पत्रिकामा टेपले बेरेर राखेको अवस्थामा डाइजापाम ३४ एम्पुल, फेनारगन ३४ एम्पुल र नर्फिन ३४ एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology