Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी करौडौ ठग्न खोज्ने दुई जना पक्राउ

पोखरामा करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी करौडौ ठग्न खोज्ने दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २२, २०७७ शनिवार • १४:३२:३९ बजे
  • 2.9K
    SHARES
  • पोखरामा करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी करौडौ ठग्न खोज्ने दुई जना पक्राउ

    पोखरा - कास्की प्रहरीले जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।उनीहरुलाई प्रहरीले यही १९ गते बुधबार साँझ पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

    images

    प्रहरी, वकिल र अदालतसँग हाम्रो सेटिङ राम्रो छ, एक करोड रुपैयाँ दिए मिलाईदिन्छु, नत्र १५ वर्ष जेलमा जानुपर्छ भन्दै प्रतिवादीबाट १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिई ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पोखरा-१७ राष्ट्रबैंक चोकस्थित एक खाजाघरबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखरा-५ मालेपाटन निवासी ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाउँपालिका-१ घर भई हाल पोखरा-२५ हेम्जा बस्दै आएका ३९ वर्षीय कमानबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    विशेष सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६६ लाखका २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु, चार थान मोवाइल बरामद गरेको जानकारी प्रहरीले दिएको छ । उनीहरु दुबैलाई ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # करणी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology