Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँकी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

तनहुँकी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २२, २०७७ शनिवार • १५:०३:१० बजे
  • 5.1K
    SHARES
  • तनहुँकी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

    तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका ७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् ।

    images

    फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए। घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो उनले भने, घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ । बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए।

    उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनले बताए । उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सम्पर्कविहीन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology