मयुरपाटी न्युज,पोखरा - पोखरामा स्कुटरलाई स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान पोखरा ७ बुलौदीमा स्कूल बसको ठक्कर दिँदा ग ५ प ८३६४ नम्बरको धनकुटा सहिद भूमि गाउँपालिका घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका स्कुटरका चालक ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार
स्कुटरलाई ठक्कर दिने स्कुल बस भएको जानकारी आएको तर, बस नंम्वर र कुन स्कूल नखुलेकाले त्यसको खोजी कार्य भईरहेको बताएका छन ।