Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ

११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २४, २०७७ सोमवार • ११:४६:०३ बजे
  • 2.6K
    SHARES
  • ११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ

    पोखरा - अख्तियारको थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ परेका छन्।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले आईतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल भन्सार कार्यालयको गेटबाट प्रहरी वृत्त बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ र उनका सहयोगी होटेल व्यवसायी अनिश जोशीलाई पक्राउ गरेको हो।

    आयोगको टोलीले उनीहरुलाई आइतबार साँझ घुस रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको हो।

    केही दिनअघि अख्तियारको टोलीले भन्सार कार्यालयका कर्मचारीलाई पक्राउ गरेको थियो। पक्राउ परेका कर्मचारीहरुलाई छुटाइदिने भन्दै प्रहरी हवल्दार ताराकुमारीले आफन्तबाट ११ लाख घुस रकम मागेकी थिइन्।

    तारा कुमारीले घुस लिदै गरेका बेला अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका दुबैजनालाई अख्तियारमा नियन्त्रणमा राखिएको छ।

  • सम्बन्धित विषय:

  • # घुस
  • # घुससहित पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology