तनहुँ - तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएको छ ।
आइतबार साँझ तनहुँको बन्दीपुर गाँउपालिका-१ कौशली छाप निवासी चन्द्रबहादुर चेपाङको ४ वर्षीय छोरा अपल चेपाङलाई चितुवाले आक्रकण गरेको हो ।
बारीबाट घर फर्किने क्रममा चितुवाको आक्रमणमा परी घाइते भएका बालकलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।