तनहुँ - तनहुँको आँबुखैरेनीमा गाडीको ठक्करबाट पैदलयात्री एक युवा गम्भीर घाइते भएका छन् ।
आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग २ च ३६५० नंं को डिआई गाडीले पैदलयात्री आँबुखैरेनी निवासी ४० वर्षीय चोलबहादुर बाचे मगरलाई ठक्कर दिई घाइते बनाएको हो ।
गाडीको ठक्करबाट गम्भीर मगरलाई उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।