Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

घरेलु हिंसा

नारी दिवस मनाईरहदा : एक महिलाले चार सन्तान सहित कर्णालीमा हाम फाले,दुई छोरीको शव फेला

नारी दिवस मनाईरहदा : एक महिलाले चार सन्तान सहित कर्णालीमा हाम फाले,दुई छोरीको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • ०९:३९:०६ बजे
  • 1.9K
    SHARES
  • नारी दिवस मनाईरहदा : एक महिलाले चार सन्तान सहित कर्णालीमा हाम फाले,दुई छोरीको शव फेला

    पोखरा - दैलेखकी एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन्। सोमबार दैलेख जिल्लाको आठबिस नगरपालिका ३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।

    images

    आमा सहित ४ जना बालबालिकाले नदीमा हाम फालेकोमा २ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरीउपरिक्षक अनुपम श्रेष्ठले बताए ।नदीमा हाम फालेका पाँचजना मध्ये दुईजना (छाेरी) को शव अछाममा फेला परेको हो।

    १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ।

    आमा सुकीसहित १० वर्षीय छाेरा ललित र पाँच वर्षीया छाेरी रजनीको खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।प्रहरी प्रमुख श्रेष्ठ भन्छन मंगलबार आज गोताखोर टोलीबाट शब खोजतलास गरिनेछ । मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

    सोमबार विहान घरबाट हिडेका ५ जना परिवारका सदस्य माइतमा नभेटिएपछि आफन्तले खोजतलास गरेको आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताईन । श्रीमानले दिनहुँ मदिरा सेवन गरेर झगडा गर्ने भएकाले आजित भएर नदीमा हाम फालेका हुनसक्छन । उनले भनिन् ।

    नदीमै दुईवटा शब भेटिनुले पनि हामफालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ । मदिराकै कारण घरेलु हिंसालाई सहन गर्ने नसकेर आमा सहित ४ जना बच्चा हामफाल्न बाध्य भएका हुन् ।

    उनले बिहान खाना खाएर आफू बाख्रा चराउन गएकाेले घटनाका बारेमा केही थाहा नपाएकाे बयान दिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ।

    नेपालभर १११ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहँदा आठविस नगरपालिकाको ३ निमाईल बस्ती भने शोकमग्न छ । एउटै घरका ५ जना बेपत्ता र मृत्युले गर्दा निमाईलबस्तीमा सन्नाटा छाएको स्थानीयबासी बताउँछन् ।

    सुकु बडुवालले ४ जना बच्चा सहित नदीमा हाम फाल्नु पर्ने बाध्यताले गर्दा गाउँघरमा घरेलु हिंसा बढदै गएको जिल्लाका बुद्धिजिवी बताउँछन् । घरेलु हिंसालाई समयमै न्युनिकरण गर्न नसके आत्महत्या घटनामा बृद्धि हुने जानकारहरु बताउँछन् ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology