Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिशूली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु

त्रिशूली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • १४:४०:५४ बजे
  • 1.4K
    SHARES
  • त्रिशूली नदीमा  ट्रक  खस्दा २ जनाको मृत्यु

    धादिङ - धादिङमा रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ ।

    images

    मंगलबार लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थान घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेलको मृत्यु भएको हो ।

    बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा ट्रक दुर्घटनामा परी दुवैको ट्रकले थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको पनि प्रहरीले बताएको छ । दुर्घटना कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology