Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले पर्वतीय पथप्रदर्शकको लागि लाइसेन्स खुला

सरकारले पर्वतीय पथप्रदर्शकको लागि लाइसेन्स खुला

सरकारले पर्वतीय पथप्रदर्शकको लागि लाइसेन्स खुला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७७ बिहिवार • ११:२९:४४ बजे
  • 1.1K
    SHARES
  • सरकारले पर्वतीय पथप्रदर्शकको लागि लाइसेन्स खुला

    पर्वतारोहणमा  महत्त्वपूर्ण भूमिका   रहने   पथप्रदर्शकको   आधिकारिकताका   लागिसरकारले  लाइसेन्स  खुला  गरेको  छ ।

    images

    पर्यटन  विभागले आगामी  चैत  १  देखि  आवेदन  दिनसक्ने  गरी  लाइसेन्स खुला गरेको जनाएको हो। विभागका अनुसार इच्छुक पथप्रदर्शकले आधिकारिक वेबसाइट टुरिजमडिपार्टमेन्ट डट जीओभीडट एनपीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

    आवेदनका लागि इच्छुक पथप्रदर्शकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट आकारको दुईवटाफोटो, नेपाल  पर्वतारोहण  सङ्घबाट  प्राप्त  गरेको  रातो  किताबको प्रतिलिपि र लाइसेन्स दस्तुरबापत  दुई  हजार  एक  सय रुपियाँ बुझाएको भौचरसहित अनलाइन पेस गर्नु पर्नेछ ।

    विदेशी  मुलुकबाट जारी गरिएको पर्वतीय पथप्रदर्शकको  प्रमाणपत्रको  हकमा  नेपालको  प्राविधिकशिक्षा  तथा  व्यावसायिक  तालिम  परिषद्बाट  समकक्षताको प्रमाणपत्र  लिई  सोको  प्रतिलिपि पनि  बुझाउनु  पर्नेछ । अनलाइन आवेदनको तरिका विभागले आफ्नो वेबसाइटमा समेत उल्लेखगरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology