Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फास्ट ट्रयाकको ५० अर्ब बढीको सुरुङमार्ग र पुल निर्माणमा भ्रष्टाचारको गन्ध, छानबिन थालियो

फास्ट ट्रयाकको ५० अर्ब बढीको सुरुङमार्ग र पुल निर्माणमा भ्रष्टाचारको गन्ध, छानबिन थालियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७७ बिहिवार • ११:३७:१७ बजे
  • 2.0K
    SHARES
  • फास्ट ट्रयाकको ५० अर्ब बढीको सुरुङमार्ग र पुल निर्माणमा भ्रष्टाचारको  गन्ध, छानबिन थालियो

    तराई–मधेस द्रुतमार्गको ५० अर्बभन्दा बढीको लागतका सुरुङमार्ग र पुल निर्माणका लागि सीमितठेकेदार कम्पनी मात्रै छनोटमा परेपछि मिलेमतोको शंकामा प्रतिनिधिसभाको लेखा समितिलेछानबिन थालेको छ । सरकारले द्रुतमार्गको निर्माणको जिम्मा नेपाली सेनलाई दिएको छ । आफ्नोक्षमताले नभ्याउने संरचना निर्माणका लागि सेनाले अन्य निर्माण कम्पनीलाई काम लगाइरहेको छ ।

    images

    सेनाले गत फागुन ३० मा दुईवटा प्याकेजमा काम गर्न योग्य कम्पनीको छनोटका लागि सूचनाप्रकाशित गरेको थियो । सुरुङ निर्माणका लागि प्रि–क्वालिफिकेसन मा सहभागी ४३ कम्पनीमध्येएउटा निर्माण प्याकेजमा एक र अर्को प्याकेजमा दुई कम्पनी मात्रै छानिएका छन् ।

    एउटा कम्पनी भने दुवै प्याकेजमा दोहोरिएको छ । छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको पहिलोप्याकेजमा २१ वटा कम्पनीले आवेदन दिएकोमा दुईवटा र धेद्रेदेखि लेनडाँडासम्मको दोस्रो प्याकेजमा२२ वटा निर्माण कम्पनीले आवेदन दिएकोमा एउटा कम्पनीलाई मात्र सुरुङ निर्माणका लागि छनोटगरिएपछि मिलेमतोको शंका गरेर संसदीय समितिले छानबिन थालेको हो ।

     

    सीमित कम्पनीमात्र छानिएकाले लागत बोलकबोल प्रतिस्पर्धामा मनलाग्दी दर तोक्ने र त्यसअनुसारसरकारले रकम भुक्तानी गर्नुपर्ने सम्भावना भएकाले छानबिन थालिएको समिति स्रोतले जनाएको छ।

    आजको कान्तिपुर दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology