सेती नदीले बगाउँदा तनहुँमा एक जनाको मृत्युको भएको छ । शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–८ ढोरफिर्दीस्थित सेती नदीले नुहाउने क्रममा बगाउँदा मृत्यु भएको हो ।
सेती नदीले बगाउँदा शुक्लागण्डकी नगरपालिकाका स्थानीय ४६ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार नदीले बगाएर बेपत्ता भएका थापा कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएका थिए । नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।