Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२ किलो ५ सय ग्राम युरेनियम सहित ४ जना पक्राउ

२ किलो ५ सय ग्राम युरेनियम सहित ४ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १८:३८:५० बजे
  • 1.1K
    SHARES
  • २ किलो ५ सय ग्राम युरेनियम सहित  ४  जना पक्राउ

    पोखरा - काठमाडौं टुसाल-६ बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियम सहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

    images

    पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उक्त परिमाणको यूरेनियम सहित रामेछाप लिखु तामाकोशी-५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछाप लिखु तामाकोशी-५ घर भएकी ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका-४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी-४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरिएको जानकारी दिए ।

    युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उक्त युरेनिएम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको पालले बताए । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

  • सम्बन्धित विषय:

  • # युरेनियम
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology