Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने महिला प्रकाउ

नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने महिला प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १८:४९:५२ बजे
  • 1.1K
    SHARES
  • नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने महिला प्रकाउ

    पोखरा - भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने एक महिलालाई प्रहरीले प्रकाउ गरेका छन । नुवाकोट दुप्चेश्वर नगरपालिका-२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

    images

    तामाङका सहयोगीले एक महिलालाई चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौंबाट बसमा चढाई साथमा लैजाने क्रममा बेहोस हुने औषधी पानीमा मिलाई खुवाई वेहोश बनाएपश्चात तामाङको कोठीमा लगि बिक्री गरेका थिए ।

    तामाङले युवतिलाई बन्धक बनाई जबरजस्ती बेश्यावृतिमा लगाएको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव वेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट उनलाई पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेश्यालय
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology