Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १९:१०:५९ बजे
  • 964
    SHARES
  • स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ सहित पक्राउ

    भक्तपुर- स्रोत नखुलेको नेपाली रुपैयाँ र विभिन्न बैंक चेक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images

    भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने दोलखा बैतेश्वर गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने सोही ठाउँ घर भएका ३७ वर्षीय बिनोद तामाङलाई स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ र विभिन्न बैंक चेक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    जुवातास खेलाई सोबाट आर्जन गरेको नगद लिएर हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा।२१ च ३८३९ नम्बरको कारलाई जाँच गर्दा स्रोत नखुलेको २७ लाख रुपैयाँ फेला पारी तामाङलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान गर्ने क्रममा उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट घिमिरेलाई नियन्त्रणमा लिई उनको बालकोटस्थित कोठाबाट थप १५ लाख ३० हजार रुपैयाँ फेला पारेको हो ।

    साथै घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँ लेखिएको राष्ट्रिय बाणिज्य बैंकको चेक १ थान, ९ लाख ५० हजार रुपैयाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्यार्ण्ड चार्टर बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपैयाँ लखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपैयाँ लखिएको महालक्ष्मी बिकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेका मध्ये सुमन घिमिरे उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाडौं र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा तथा बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

    उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पति सुद्धिकरण बिभाग पुल्चोक, ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # स्रोत नखुलेको रुपैयाँ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology