नेपालगन्ज - बाँकेमा जन्ती बोकेको बस दुर्घटना हुदाँ ३७ जना घाइते भएका छन्।
राप्ती सोनारी गाउँपालिका–३ बैसामा गएराति ११ बजे बस दुर्घटना भएको हो। ना ३ ख ९७५९ नम्बरको बस पल्टिँदा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
राप्ती सोनारी ३ खैरेनीबाट बेहुली लिएर दाङ देउखुरीको मौरीघाट जाँदै गरेको सब दुर्घटना परेको हो। दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारी गाउँपालिकाकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेहुला र बेहुली भने सुरक्षित छन्। उनीहरु अर्को गाडीमा सवार थिए।