Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज शनिबार काठमाडौंका दर्जनभन्दा बढी स्थानमा ६ घण्टा बत्ती जाने

आज शनिबार काठमाडौंका दर्जनभन्दा बढी स्थानमा ६ घण्टा बत्ती जाने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २९, २०७७ शनिवार • ०९:५४:२५ बजे
  • 1.4K
    SHARES
  • आज शनिबार काठमाडौंका दर्जनभन्दा बढी स्थानमा ६ घण्टा बत्ती जाने

    आज (शनिबार) काठमाडौंका दर्जनभन्दा बढी स्थानमा ६ घण्टा बत्ती जाने भएको छ।

    images

    नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार जोरपाटी वितरण केन्द्र र बूढानीलकण्ठ वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत् बन्द गर्नुपर्ने भएको हो।

    जोरपाटी वितरण केन्द्र, साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभरेमामा अहिले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लाइन काटिने भएको हो।

    यस्तै बूढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ती र बासबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ५ विद्युत् बन्द गरिने भएको हो।

    दुवै फिडर सटडाउन गरी मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली गर्न लागिएको प्राधिकरणले  जनाएको छ।

  • सम्बन्धित विषय:

  • # विद्युत्
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology