Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मालपोत कार्यालयमा बम विस्फोट

मालपोत कार्यालयमा बम विस्फोट एक कर्मचारीसहित ८ जना घाइते

मालपोत कार्यालयमा बम विस्फोट एक कर्मचारीसहित ८ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १, २०७७ आइतवार • २०:४३:५४ बजे
  • 1.7K
    SHARES
  • मालपोत कार्यालयमा बम विस्फोट एक कर्मचारीसहित ८ जना घाइते

    file pic

    images

    सिरहा - सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

    कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते हुनुभएको छ ।

    बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका-१३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका-१६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका- ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका-४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार-६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

    घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

    विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उहाँका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।

  • सम्बन्धित विषय:

  • # बम विस्फोट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology