पोखरा - पोखरा २९ लेखनाथमा एक युवक डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
पोखरा २९ खरबारी घटृ भन्ने स्थानमा तनहुँ बन्दिपुर गाउँपालिका वाड नं १ घर भई पोखराको सृजनाचोक डेरा गरी बस्दै आएको अन्दाजी २० वर्षीय युवक सन्तोष बिक आईतबार मध्यान्ह १२ वजेको समयमा खयरको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन ।
मृतक बिकको शव पोष्टमार्टमको लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको र थप अनुसन्धान अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय डाँडाको नाकले जनाएको छ ।
बिकले पछिल्लो समय पोखरा ३१ सुन्दरीडाँडामा निर्माण सम्बन्धी मजदुरी गर्दै आईरहेको खुलेको छ ।
स्रोत लेखनाथ खबर