दमौली । भारतबाट मार्बल बोकेर तनहुँ दमौली आउँदै गरेको भारतीय ट्रक दुरघ्टना भई आगलागी भएको छ । आरजे १४ जिजे ७१२६ नम्बरको ट्रक सोमबार दिउँसो १२ः३० वजे तनहुँ व्यास नगरपालिका १२ घाँसीकुवा, जलविरेमा दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
दुर्घटना भई आगलागी हुँदा भारतको उत्तरप्रदेश निवासी चालक ४१ अशोककुमार राजपुत र सहचालक सोही ठाउँका वर्ष २८ का हरिन्द्रसिंह घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अनियन्त्रित भई सडक छेउमा पल्टिने क्रममा आगलागी भएको र उनिहरु घाईते भएको प्रहरीले बताए । व्यास नगरपालिकाको दमकलको सहायतमा आगो नियन्त्रणमा लिईएको र ट्रकको अघिल्लो भागमा आगोले बढी क्षती भएको प्रहरीले जनाएको छ ।