Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा प्याराग्लाइडिङ फेवातालमा खसी दुर्घटना, नेपाली सेनाका पाइलट मगरको मृत्यु

पोखरामा प्याराग्लाइडिङ फेवातालमा खसी दुर्घटना, नेपाली सेनाका पाइलट मगरको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • ०९:२९:४६ बजे
  • 4.9K
    SHARES
  • पोखरामा प्याराग्लाइडिङ फेवातालमा खसी दुर्घटना, नेपाली सेनाका पाइलट मगरको मृत्यु

    पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी नेपाली सेनाका पाइलटको मृत्यु भएको छ ।

    images

    सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ : ९५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेतरहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    हमालका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुय्याएकामा उपचारका क्रममा साँझ ४:४५ बजे निधन भएको हो ।

    मृतक मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology