पोखरा - काँकडभित्ताबाट बसमा यात्रा गरी पोखरातर्फ आउदै गर्दा अचानक बेहोस भएकी एक महिलाको सोमबार मृत्यु भएको छ ।
सङ्खुवासभा सिद्ध पोखरी घर भई पोखरा ५ पर्स्याङमा ज्याला मजदुरी गरी बस्ने ४२ वर्षीया जमुना राईको बसमा यात्रा गरी पोखरा आउँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
काँकडभित्ताबाट चैत्र १ गते पोखरातर्फ आउँदै गरेको ग१ख ९३६८ नं को बसमा सवार राई दमौली क्षेत्रमा आइपुग्दा अचानक बेहोस भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा २ गते बिहान ८:५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको हो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।