बागलुङ - बागलुङमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।
बाग्लुङ नगरपालिका ४ ओडारे चौरस्थित भिरबाट खसेर बागलुङ काठेखोला गाउँपालिका ३ धम्जा निवासी २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो ।
सोमबार बिहान ८ः२५ बजे बोहोरा भिरबाट खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।