Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ४ जना घाइते

सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ४ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • १७:२२:५१ बजे
  • 2.0K
    SHARES
  • सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ४ जना घाइते

    कैलाली- कैलालीमा खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ४ जना घाइते भएका छन्। टीकापुर नगरपालिका-१ मा जनक बिष्टको घरको भान्छा कोठामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा उनी सहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार मंगलवार बिहान आगलागी हुँदा घर धनी बिष्टसहित २८ वर्षीया उनकी श्रीमती बबिता बिष्ट, ३ वर्षीय छोरा जेनेल बिष्ट र घरमा सहयोगीका रुपमा कार्यरत ४५ वर्षीय हरी चौधरी घाइते भएका हुन्।

    उनीहरूमध्ये घर धनी बिष्टको अवस्था मध्यम रहेको छ भने अन्य तीन जनाको अवस्था सामान्य छ। घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology