Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङ भुजुङमा चट्ट्याङ लागेर ३ विद्यार्थी घाइते,थप उपचारको लागी हेलिकप्टर मार्फत पोखरा ल्याइयो

लमजुङ भुजुङमा चट्ट्याङ लागेर ३ विद्यार्थी घाइते,थप उपचारको लागी हेलिकप्टर मार्फत पोखरा ल्याइयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • १७:३६:२२ बजे
  • 3.9K
    SHARES
  • लमजुङ भुजुङमा चट्ट्याङ लागेर ३ विद्यार्थी घाइते,थप उपचारको लागी हेलिकप्टर मार्फत पोखरा ल्याइयो

    लमजुङ - लमजुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्व्होलासोथार गाउँपालिका ४ भुजुङमा चट्याङ लागेर त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् ।घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

    images

    भुजुङस्थित विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर चट्याङ पर्दा छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये रेशबहादुरको हात नचलेको र अन्य २ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

    उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

    भुजुङ घर भएकी क्व्होलासोथार कार्यपालिका सदस्य गमीमाया गुरुङका अनुसार घाइते विद्यार्थीलाई पोखरास्थित गण्डकी अस्पताल लगिएको छ ।

  • सम्बन्धित विषय:

  • # चट्ट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology