पर्वत - पर्वतमा एक जना पुरुषले कालीगण्डकीमा हाम फालेर आत्महत्या गरेका छन । पर्वत बिहादी गाउँपालिका वडा नं २ पैंयूका ३५ वर्षका ज्ञानबहादुर कुँवरलाए गत फागुन २६ गते नदीमा हामफालेर आत्मह्त्या गरेका हुन ।
उनको आज बिहान १० बजे बिहादी गाउँपालिका-३, पस्यारस्थित कालीगण्डकी नदीको किनारमा शव फेला परेको हो । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।