Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा सराङकोटमा मोटरसाइकल दुर्घटना, एक जना पुरुषको निधन

पोखरा सराङकोटमा मोटरसाइकल दुर्घटना, एक जना पुरुषको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • १८:०७:०९ बजे
  • 2.6K
    SHARES
  • पोखरा सराङकोटमा मोटरसाइकल दुर्घटना, एक जना पुरुषको निधन

    पोखरा- पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एक जना पुरुषको निधन भएको छ भने अर्का पुरुषको निधन भएको छ ।

    images

    मंगलबार पोखरा सराङकोट सडक खण्ड स्थित गुम्बा नजिकै सराङकोटबाट पोखरा तर्फ आउँदै गरेको ग१८प ४८१४ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुस्मा ७ चुवाका ३२ वर्षीय माधव गिरीको ज्यान गएको हो ।

    मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर घस्दा गम्भीर घाइते भएका माधवलाई उपचारको लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    मोटरसाइकलको पछाडि सवार चुवाका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ ।गोविन्दको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology