पोखरा - पोखरा बागलुङ सडक खण्डमा मंगलबार सवारी दुर्घटना हुँदा दुई युवक गम्भीर घाइते भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ५ नयाँ पुल स्थित पोखरा बागलुङ सडक खण्डमा काँडेतर्फ जाँदै गरेको ग१ज ६९५० नं को जिप र विपरीत दिशाबाट आउँदै गरेको ध२प १११९ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई युवक घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तनहुँ घर भई कास्की अन्नपूर्ण गाउँपालिका ५ नयाँ पुलमा डेरा गरी बस्ने १८ वर्षीय महमद समिन र मोटरसाइकल पछाडि सवार अन्नपूर्ण ६ हाइजुङका १७ वर्षीय विश्व नेपाली गम्भीर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
घाइते दुवैको गम्भीर अवस्थामा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।