रोल्पा - रोल्पामा एक जना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। मंगलबार सांझ परिवर्तन गाउँपालिका ६ नाफेका वर्ष ३१ का विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो। सांझ ८ः १५ बजे अपरिचित ३ जना व्यक्तिले युवकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीले जनाएको छ ।
नयां घरको बार्दली बनाई बस्दै आएको घर जांदै गरेका बेला गिरीको हत्या भएको हो। घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउं र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।
रातभर प्रहरीले शवलाई घटनास्थलमै कुरेको थियो। बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए। हत्यामा संलग्न सबै फरार रहेका छन्। घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ। घटना हुँदा देख्ने मानिसले दिएको हुलियाका आधारमा दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।