Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चट्ट्याङ

लमजुङ भुजुङमा चट्ट्याङ लागेर घाइते एक विधार्थीको उपचारको क्रममा पोखरामा निधन

लमजुङ भुजुङमा चट्ट्याङ लागेर घाइते एक विधार्थीको उपचारको क्रममा पोखरामा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ४, २०७७ बुधवार • ११:१४:३५ बजे
  • 4.0K
    SHARES
  • लमजुङ भुजुङमा चट्ट्याङ लागेर घाइते एक विधार्थीको उपचारको क्रममा पोखरामा निधन

    लमजुङ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा घाइते भएका एक विधार्थीको उपचारको क्रममा मृत्यु भएको छ । क्व्होलासोंथर गाउँपालिका ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले कक्षा १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको पोखराको मणिपालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य दुई जना घाइते विद्यार्थीहरुको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images

    चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।

    chatyang.jpg

    चट्याङबाट गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको थियो । पोखरा वपाइएका घाइतेमा १८ बर्षीय विनोद, १८ बर्षीय छविन्द्र गुरुङ र घाइते भएका अन्दाजी १८ बर्षीय रेशबहादुर गुरुङ थिए । तर बिनोदको बेलुका करिव साँढे ५ बजेको समयमा मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरी प्रवक्ता पुनले जानकारी दिए ।

    घाईते भएका उनीहरुलाई भुजुङबाट जिपमा घलेगाउँ पु¥याएर प्राथमिक उपचार गरिएको क्व्कहोलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनका अनुसार करिव ५ बजेतिर हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । उनले भने, ‘गम्भीर घाइते भएका अन्य २ भाइ छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको उपचार भइरहेको छ । गण्डकी प्रदेश सरकार, गाउँपालिका र प्रशासनको सहयोगमा हेलिकप्टर मगाएर घाइतेको उचपारका लागि पोखरा पठाएको क्व्होलासोंथर गाउँपालिका ४ का वडाध्यक्ष खिमबहादुर गुरुङले बताए ।

    उनका अनुसार चट्याङले विनोद र छविन्द्र बेहोस भएका थिए । रेशबहादुरको एउटा हात नचलेको सो विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले बताए । उनका अनुसार उनीहरु तिनै जना कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनले भने, उनीहरु छात्राबासमा बसेर अध्ययन गर्दै थिए । उक्त चट्याङबाट विद्यालय भवन, छात्राबासमा जोडिएका विद्युतका तारहरू समेत छिन्नभिन्न भएका छन् । भजुङमा चट्याङ परेर विद्यार्थी घाइते भएको जानकारी आउनासाथ तत्कालै प्रदेशमा सम्पर्क गराई हेलिकप्टरका लागि पहल गरिएको र उद्दार गरी उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

  • सम्बन्धित विषय:

  • # चट्ट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology