Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकै व्यक्तिले तीन वटा नागरिकता लिएको आरोपमा बाग्लुङ गलकोटका सुनार पक्राउ

एकै व्यक्तिले तीन वटा नागरिकता लिएको आरोपमा बाग्लुङ गलकोटका सुनार पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ४, २०७७ बुधवार • ११:३२:२२ बजे
  • 2.0K
    SHARES
  • एकै व्यक्तिले तीन वटा नागरिकता लिएको आरोपमा बाग्लुङ गलकोटका सुनार पक्राउ

    पोखरा - अनुसन्धान ब्युरोको टोलीले तीन वटा नागरिकता लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    images

    केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बाग्लुङको गलकोट नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्गका ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरेको हो।

    उनीबाट प्रहरीले तीन वटा नागरिकता तथा अन्य कागजात समेत बरामद गरेको ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।

    कमल सुनारले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नामको दुइटा नागरिकता जारी गरेको एसपी पन्तले बताइन्।

    कमल थापाको नामबाट उनले विभिन्न सरकारी निकायमा पेस गरी दुरूपयोग गरी सेवा लिएका थिए।

    उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ।

  • सम्बन्धित विषय:

  • # नागरिकता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology