Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा मकै रोप्न खेत जोत्दै गर्दा चट्याङ लागेर हल गोरुको मृत्यु , तीन जना घाइते

कास्कीमा मकै रोप्न खेत जोत्दै गर्दा चट्याङ लागेर हल गोरुको मृत्यु , तीन जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ६, २०७७ शुक्रवार • १६:३९:०६ बजे
  • 1.7K
    SHARES
  • कास्कीमा मकै रोप्न खेत जोत्दै गर्दा चट्याङ लागेर हल गोरुको मृत्यु , तीन जना घाइते

    पोखरा - विहिवार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चट्याङ लागेर एक हल गोरुको मृत्यु भएको छ भने तीन जना मानिस सामन्य घाइते भएका छन ।

    images

    वडा नं ५ को रिभान मोहरामा मकै लगाउन खेत जोतिरहेको ठाउँमा चट्याङ लाग्दा दुई गोरुको घटनास्थलमै मृत्यु भएको हो ।

    मकै लगाउन बारी जोतिरहेका गंगा पुनमगर र खेतमा काम गरिरहेका चिन्ताकुमारी पुनमगर र राशामगर गरी तीन जना आधा घण्टासम्म बेहोस भएकामा अहिले स्वास्थ्य सामान्य रहेको छ ।

    घटनामा परेका राशा थापामगरले पुनःजन्म पाएको बताए । हाल आफूहरुको स्वास्थ्य सामान्य रहेको बताउँदै उहाँले आफूहरु होसमा आउँदा गोरु हलो जुवासँगै मृत्यु भएको अवस्थामा देखेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology