Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा अमरसिंहचोकबाट एक भारतिय नागरीक अवैध लागुऔषध सहित पक्राउ

पोखरा अमरसिंहचोकबाट एक भारतिय नागरीक अवैध लागुऔषध सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ७, २०७७ शनिवार • १८:१०:०७ बजे
  • 4.4K
    SHARES
  • पोखरा अमरसिंहचोकबाट एक भारतिय नागरीक अवैध लागुऔषध सहित पक्राउ

    पोखरा- पोखरा महानगरपालिका वडा नं १० अमरसिंह चोकबाट एक भारतिय नागरीक अवैध लागु औषध सहित पक्राउ परेका छन् ।

    images

    हिजो बिहानै अन्दाजी ५ बजेको समयमा पोखरा महानगरपालिका १० अमरसिंह चोकमा पैदल हिंडिरहेका भारत उत्तर प्रदेश घर बताउने २८ वर्षीय जयरामलाई लागु औषधसहित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

    शंकासपद अवस्थामा हिंडिरहेका उनलाई प्रहरीले चेक जांच गर्दा कालो झोलामा बोकेको अवैध नुर्फिन ५५ एम्पुल, डाईजेपाम ५६ एम्पुल र फेनारगन ५४ एम्पुल गरी जम्मा १६५ एम्पुल र नगद अठ्ठाईस हजार तीन सय पैंसठ्ठी रुपैयाँ सहित नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका उनी माथि लागुऔषध सम्बन्धित मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology