मयूरपाटी - बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका ४ तंग्राम फापरखेतमा अबिरल वर्षाका कारण आज बिहान पहिरो खसेर घर पुरिदा एक महिला बेपत्ता भएकी छिन ।
एकाबिहानै अबिरल वर्षाका कारण पहिरो खसेर घर पुरिदा लाल बहादुर पुनकी बुहारी टोप बहादुर पुनकी श्रीमती वर्ष ३८ की बिमला पुन बेपत्ता भएकी हुन् । घरबाट उनका पति, छोरा दुई छोरीहरु बाहिर निस्कन सफल भएपनि बिमला निस्कन नभ्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पहिरो खसेर घर पुरिएको स्थानमा उद्धारको लागी नेपाली सेना र प्रहरीको टोली पुगेपनि माथीबाट पहिरो खसीरहेकोले उद्धारकार्यमा कठिनाई भएको बताईएको छ । केहि दिन देखिको अबिरल वर्षाका कारण ठाउँठाउँमा बाढी पहिरोबाट जनजीवन निकै प्रभावित बनेको छ ।
पूरा विवरण आउन बाँकी छ, मयूरपाटी हेर्दै रहनु होला ।
तस्बिर इ-बाग्लुङ डटकमबाट लिइएको