Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मालबाहक ट्रक मर्स्याङ्दी नदीमा दुर्घटना

मनाङको नासोंमा मालबाहक ट्रक मर्स्याङ्दी नदीमा दुर्घटना छ जनाको निधन

मनाङको नासोंमा मालबाहक ट्रक मर्स्याङ्दी नदीमा दुर्घटना छ जनाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • ०८:५८:४३ बजे
  • 3.5K
    SHARES
  • मनाङको नासोंमा मालबाहक ट्रक मर्स्याङ्दी नदीमा दुर्घटना छ जनाको निधन

    पोखरा - मनाङको नासों गाउँपालिका ३ खोत्रोमा मालबाहक ट्रक दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुइजना गम्भीर घाइते भएका छन् ।

    images

    लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध।१ख ५९२ नम्बरको ट्रक खोत्रोबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले सिमेन्ट बोकेर मनाङको सदरमुकाम चामे जाँदै गरेको ट्रक अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर मर्स्याङ्दी नदीमा खसेको बताए ।

    अत्यधिक भारका कारण उकालोमा तान्न नसकेपछि ट्रक अनियन्त्रित भएर करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ, डिएसपी खड्काले भने, मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत आठ यात्रु थिए । उनीहरूमध्ये छ जनाको मृत्यु भयो, दुइजना घाइते छन् ।

    तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो । मृत्यु हुनेमा नासों गाउँपालिका ४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।

    मर्स्याङ्दी गाउँपालिका ५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो । यसैगरी गएराती नासों गाउँपालिका -१ तालका तीन वर्षीय थियोन गुरुङको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा सवारीधनीसमेत रहेका चालक सुमन तामाङ र सोही वडाका अन्दाजी ६ वर्षका निहल गुरुङ छन् । दुवैजना घाइतेको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लमजुङ जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।

    घटनाको जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मी र स्थानीय मिलेर मर्स्याङ्दी नदीबाट शव संकलन गरी अस्पताल पठाएका थिए । सबै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology