Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सडकमा सुतिरहेका एक पुरुषको ढुङ्गा हानी हत्या

सडकमा सुतिरहेका एक पुरुषको ढुङ्गा हानी हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • १३:१५:४६ बजे
  • 1.5K
    SHARES
  • सडकमा सुतिरहेका एक पुरुषको ढुङ्गा हानी हत्या

    काठमाण्डौ - कंलङ्कीमा आज बिहान सडकमा सुतिरहेका एक पुरुषको ढुङ्गा हानी हत्या भएको छ । अन्दाजी ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले हत्याको अभियोगमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई नियन्त्रणमा लिएको छ। उनले चौधरीलाई ढुङ्गाले हानेर हत्या गरेका  स्वकार गरेको प्रहरीले दावी गरेको छ।

    images

    सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गा लागेर घाइते भएपछि सहिद अस्पताल भर्ना गरिएको थियो। चौधरीको टाउकामा चोट लागेको थियो। मृतको अन्य विषयमा भने सनाखत हुन सकेको छैन।महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्तको टोलीले अभियुक्तको खोजी गर्दा आइतबार बिहान १० बजे कलङ्कीको ढुङ्गे अड्डाबाट पक्राउ गरेको हो।

    चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology